दफा २४
निर्वाचन खर्चको हद तोक्ने
(१) आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्नेछ ।
(२) आयोगले उपदफा (१) बमोजिम अधिकतम हद तोकिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
(३) निर्वाचनमा भाग लिने राजनीतिक दल वा उम्मेदवारले उपदफा (१) बमोजिम तोकिएको अधिकतम हद भन्दा बढी हुने गरी निर्वाचन खर्च गर्नु वा गराउनु हुँदैन ।